काठमाडौं । काठमाडौंमा परेको वर्षाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको बन्दसत्र प्रभावित भएको छ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरू खाना खान बाहिर गएपछि वर्षाका कारण उनीहरू भृकुटीमण्डपमै रोकिएका थिए। प्रतिनिधिहरू निर्धारित समयमा राष्ट्रिय सभागृह फर्कन नसकेपछि बन्दसत्र सुरु हुन ढिलाइ भएको हो।कांग्रेसका प्रवक्ता देवराज चालिसेले वर्षाका कारण बन्दसत्र सञ्चालनमा केही समस्या आएको जानकारी दिए।उनका अनुसार प्रतिनिधिहरू राष्ट्रिय सभागृहमा फर्किएपछि बन्दसत्रको कार्यक्रम सुरु गरिनेछ।