काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा पूर्व सहरी विकासमन्त्री तथा तेह्रथुमकी प्रभावशाली नेतृ सीता गुरुङले समावेशी उपसभापति पदमा उम्मेदवारी दिएकी छन्।
लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय गुरुङलाई संघर्षशील र अनुभवी महिला नेतृका रूपमा हेरिँदै आएको छ। पार्टीभित्र महिला तथा समावेशी प्रतिनिधित्वलाई थप बलियो बनाउने उद्देश्यसहित उनले उपसभापति पदमा आफ्नो दाबी अघि सारेकी हुन्। गुरुङको उम्मेदवारीलाई युवा पुस्ता, महिला र समावेशी नेतृत्वको प्रतिनिधित्वसँग जोडेर हेरिएको छ।
१५औँ महाधिवेशनमा देशका विभिन्न क्षेत्र तथा विदेशबाट सहभागी भएका महाधिवेशन प्रतिनिधिहरूबीच उनको उम्मेदवारीले समेत चर्चा पाएको छ। समावेशी नेतृत्वलाई प्राथमिकता दिँदै गुरुङको पक्षमा मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरिएको छ। कांग्रेसको आगामी नेतृत्वमा अनुभव, संघर्ष र समावेशी प्रतिनिधित्वलाई स्थापित गर्ने लक्ष्यसहित गुरुङले उपसभापतिमा उम्मेदवारी अघि बढाएकी हुन्।