काठमाडौं ।गायिका तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा रहेको मनोनयन दर्ता केन्द्रमा पुगेर थापा मगरले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन्।उनको उम्मेदवारीका लागि गायक सुवास केसी प्रस्तावक रहेका छन् भने गायक चन्द्र शर्मा समर्थक बसेका छन्।लोक तथा दोहोरी क्षेत्रसँगै राजनीतिक गतिविधिमा समेत सक्रिय थापा मगरले कांग्रेसको केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्न उम्मेदवारी दिएकी हुन्।