काठमाडौं ।काठमाडौंमा मौसम प्रतिकूल बनेर भारी हावाहुरी र असिनापानी परे पनि नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको काम जारी रहेको छ।
राष्ट्रिय सभागृहमा उम्मेदवारहरू तथा समर्थक–प्रस्तावकहरू पुगेर मनोनयनसम्बन्धी प्रक्रिया पूरा गरिरहेका छन्। मौसमका कारण केही समय असहज अवस्था बने पनि महाधिवेशनको निर्वाचन प्रक्रिया भने निरन्तर अघि बढिरहेको छ।कांग्रेसको नयाँ नेतृत्वका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेका बेला राष्ट्रिय सभागृह परिसरमा नेता तथा कार्यकर्ताको चहलपहलसमेत देखिएको छ।