काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
महरले मंगलबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा पुगेर महामन्त्री पदमा आफ्नो मनोनयन दर्ता गराएका हुन्।उम्मेदवारी दर्तापछि महरले आफूले लामो समयदेखि महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको बताए। उनका अनुसार करिब तीन वर्षअघि नै आफूले महामन्त्रीमा उम्मेदवारी दिने योजना बनाएका थिए।महरले आफ्नो उम्मेदवारी कुनै विशेष समूह वा पक्षको आग्रहमा नभई आफ्नै निर्णय र राजनीतिक योजनाअनुसार अघि बढेको स्पष्ट पारे।
कांग्रेसभित्र रहेका विभिन्न धार र समूहबीचको विभाजन अन्त्य गर्दै सबैलाई एउटै ठाउँमा ल्याएर पार्टीलाई थप सुदृढ बनाउने आफ्नो प्राथमिकता रहेको उनले बताए।यसअघि पोखरा–१७ बिरौटामा करिब २ अर्ब रुपैयाँको लागतमा सुविधासम्पन्न प्रशासनिक केन्द्र निर्माण गर्ने योजना बनाइएको थियो। तर संघ र प्रदेश सरकारबाट अपेक्षित बजेट उपलब्ध हुन नसक्नुका साथै महानगरको आन्तरिक स्रोत पनि सीमित भएपछि उक्त योजना अघि बढ्न सकेन।योजना कार्यान्वयनमा ढिलाइ भएपछि महानगरले निर्माण लागत घटाउने गरी नयाँ विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरी कार्यपालिका बैठकबाट स्वीकृत गरेको छ। नयाँ योजनाअनुसार करिब ६५ करोड रुपैयाँको लागतमा प्रशासनिक भवन निर्माण गर्ने तयारी गरिएको छ।महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीका अनुसार स्वीकृत नयाँ डीपीआरअनुसार भवन निर्माणको प्रक्रिया अब छिट्टै अघि बढाइनेछ।
नयाँ प्रशासनिक भवन बनेपछि पनि महानगरका सबै सेवा एउटै भवनबाट सञ्चालन नहुने भएका छन्। योजनाअनुसार कृषि महाशाखा मालेपाटन र स्वास्थ्य महाशाखा साविक लेखनाथ नगरपालिकाको भवनबाट सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ।