काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदका लागि प्रतिमा गौतमले उम्मेदवारी दर्ता गराएकी छन्।
गौतमले मंगलबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा रहेको मनोनयन दर्ता केन्द्रमा पुगेर महिला क्लस्टरतर्फ सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन्।नेपाली कांग्रेसको विधानअनुसार पार्टीमा मनोनीतसहित १५ जना सहमहामन्त्री रहने व्यवस्था छ। महिला क्लस्टरबाट सहमहामन्त्रीका लागि गौतमसहित अन्य आकांक्षीहरू पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।