काठमाडौं ।नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आज उम्मेदवारी दर्ता हुँदैछ।
निर्वाचन कार्यक्रमअनुसार दिउँसो १२ः३० बजेदेखि उम्मेदवारहरूले मनोनयन दर्ता गराउन पाउनेछन्।मनोनयन फाराम लिन तथा भर्न राष्ट्रिय सभागृहमा कांग्रेसका महाधिवेशन प्रतिनिधि र विभिन्न पदका आकांक्षीहरूको उल्लेख्य उपस्थिति देखिएको छ।केन्द्रीय निर्वाचन समितिले असोज १९ गते सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकाअनुसार आज दिउँसो १२ः३० बजेदेखि साँझ ४ बजेसम्म केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।
त्यसअघि आज बिहान ९ः३० बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोध गर्ने समय निर्धारण गरिएको थियो। दाबी–विरोधका लागि प्राप्त निवेदनमाथि बिहान ९ः३० देखि १०ः३० बजेसम्म छानबिन गरिने र त्यसपछि बिहान ११ः३० बजे अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका छ।नयाँ नेतृत्व चयनका लागि कांग्रेस महाधिवेशनमा विभिन्न पदमा आकांक्षी नेताहरूले उम्मेदवारीको तयारी गरिरहेका छन्।