काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै इन्द्र कमल बुढाथोकीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
बुढाथोकीले बागमती प्रदेशबाट भूगोलतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उम्मेदवारी घोषणा गर्दै उनले पार्टी संगठनलाई थप सुदृढ बनाउने, जनताको विश्वास जित्ने र बलियो कांग्रेस निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफूलाई महाधिवेशन प्रतिनिधिहरूको अमूल्य मत र समर्थन प्राप्त हुने अपेक्षा गरेका छन्। बुढाथोकीको उम्मेदवारी घोषणासँगै कांग्रेसको १५औँ महाधिवेशनमा बागमती प्रदेशबाट भूगोलतर्फ केन्द्रीय सदस्यका आकांक्षीहरूको प्रतिस्पर्धा थप चासोको विषय बनेको छ।