काठमाडौं ।नेपाली बजारमा सोमबार सुनको भाउ केही घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँले घटेको हो।महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार भने यसको मूल्य प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँ थियो।त्यस्तै, १० ग्राम सुनको मूल्य पनि घटेर सोमबार २ लाख ४९ हजार ९ सय १५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन १० ग्राम सुन २ लाख ५० हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो।यसअनुसार एक दिनमै सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ।