काठमाडौं । नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्व अध्यक्ष, संरक्षक तथा महासमिति सदस्य कृष्ण गिरीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
गिरीको उम्मेदवारीप्रति शुभेच्छुक तथा समर्थकहरूले बधाईसहित सफलताको शुभकामना व्यक्त गरेका छन्। उनीहरूले गिरीको लामो राजनीतिक अनुभव, संगठनप्रतिको प्रतिबद्धता तथा नेपाली कांग्रेसमा पुर्याएको योगदानलाई स्मरण गर्दै उनको उम्मेदवारीले पार्टीको संगठनात्मक गतिविधिमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई गिरीको उम्मेदवारीलाई समर्थन गर्दै मतदान गर्न पनि समर्थकहरूले आग्रह गरेका छन्।
समर्थकहरूले लोकतान्त्रिक मूल्य, एकता, सहमति, सहकार्य तथा सुदृढ संगठन निर्माणलाई प्राथमिकता दिँदै १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न हुने अपेक्षा व्यक्त गरेका छन्।