काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
कुपण्डोलमा आयोजित पत्रकार सम्मेलनमार्फत सत्तारले मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सहमहामन्त्री पदमा प्रतिस्पर्धा गर्ने जानकारी दिएका हुन्। उनले पार्टी नेतृत्वसँगको छलफलपछि उम्मेदवारी दिने निर्णय गरेको बताए।सत्तार नेपाल मुस्लिम संघका संस्थापक अध्यक्षसमेत हुन्। उनले करिब १५ वर्षसम्म संघको नेतृत्व सम्हालेका थिए।उनी १२औँ महाधिवेशनदेखि कांग्रेसका महाधिवेशन तथा महासमिति सदस्यका रूपमा सक्रिय रहँदै आएका छन्। १४औँ महाधिवेशनबाट उनी पार्टीको केन्द्रीय सदस्य निर्वाचित भएका थिए।त्यसपछि गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पनि सत्तार केन्द्रीय सदस्यमा चयन भएका थिए। आगामी महाधिवेशनमा उनले मुस्लिमतर्फको सहमहामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।