काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनलाई लक्षित गर्दै काठमाडौंको खुलामञ्चमा चहलपहल बढेको छ।
आइतबार दिउँसो २ बजे खुलामञ्चमा महाधिवेशनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटन समारोहमा सहभागी हुन महाधिवेशन प्रतिनिधि, कांग्रेसका नेता तथा कार्यकर्ता कार्यक्रम सुरु हुनुभन्दा करिब दुई घण्टाअघिदेखि नै खुलामञ्चमा पुग्न थालेका छन्।महाधिवेशनस्थलमा प्रतिनिधि तथा नेता–कार्यकर्ताको आगमनसँगै राजनीतिक गतिविधि पनि बढेको देखिएको छ।