काठमाडौं ।नेपाली कांग्रेसकी नेतृ कृष्णकुमारी बस्नेतले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छन्।
बस्नेतले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा अघि बढाएकी हुन्। उनी पशुपति क्याम्पसकी पूर्व स्ववियु उपसभापति तथा नेपाल विद्यार्थी संघको पशुपति क्याम्पस इकाइकी पूर्व अध्यक्षसमेत हुन्।शैक्षिक रूपमा बस्नेतले राजनीतिशास्त्र र ग्रामीण विकासमा स्नातकोत्तर गरेकी छन्। उनले कानुनमा बीए एलएलबीसमेत पूरा गरेकी छन्।बस्नेत बागमती प्रदेश योजना आयोगकी पूर्व सदस्य पनि हुन्। कांग्रेसभित्र उनलाई शालीन तथा संगठनात्मक अनुभव भएकी नेतृका रूपमा चिनिने गरिएको छ।
आफूसँग रहेको राजनीतिक तथा संगठनात्मक अनुभवलाई पार्टीको केन्द्रीय नेतृत्वमा उपयोग गर्दै थप प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बस्नेतले बताएकी छन्।