काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ।
महाधिवेशन उद्घाटनका लागि काठमाडौंको खुलामञ्चमा आवश्यक तयारी पूरा गरिएको छ।महाधिवेशनको औपचारिक उद्घाटन आइतबार दिउँसो २ बजे खुलामञ्चमा हुने कार्यक्रम तय गरिएको छ। उद्घाटनपछि सोमबारदेखि महाधिवेशनको बन्दसत्र सञ्चालन हुने जनाइएको छ।यसपटकको महाधिवेशनमा नेपाली कांग्रेसकै शेरबहादुर देउवा पक्षको सहभागिता नरहेको बताइएको छ। महाधिवेशनलाई लक्षित गर्दै खुलामञ्चमा प्रतिनिधि तथा सहभागीका लागि आवश्यक व्यवस्थापनसमेत मिलाइएको छ।