काठमाडौं ।अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीले एक शैक्षिक संस्थाबाट अर्को संस्थामा स्थानान्तरण ट्रान्सफर गर्न पाउने नियममा परिवर्तन गरेको दाबी गरिएको छ।
२ अक्टोबर २०२६ देखि अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो मुख्य अर्थात् प्रिन्सिपल कोर्स कम्तीमा १२ महिना पूरा गरेपछि मात्र अर्को शिक्षा प्रदायकमा स्थानान्तरण गर्न पाउने उल्लेख गरिएको छ। यसअघि यस्तो स्थानान्तरणका लागि ६ महिना मात्र पूरा गरे पुग्ने व्यवस्था रहेको बताइएको छ।यो नयाँ व्यवस्था अस्थायी हुने र १ जुलाई २०२७ देखि पुनः ६ महिनाको नियम लागू हुने दाबी गरिएको छ।यस्तै, स्कुल तहमा अध्ययनरत विद्यार्थीलाई भने यो परिवर्तनले असर नगर्ने र उनीहरूका लागि ६ महिनाकै व्यवस्था कायम रहने उल्लेख छ।
केही विशेष अवस्थामा भने सामान्य स्थानान्तरण नियम लागू नहुने व्यवस्था पनि रहने बताइएको छ। यसमा सम्बन्धित शिक्षा प्रदायकबाट रिलिज प्राप्त भएको, कोर्स रद्द भएको वा अन्य विशेष अवस्था लगायतका विषय समावेश छन्।पोस्टमा उल्लेख भएअनुसार, २०२५ मै सीओई प्राप्त गरेका वा त्यसअघि नै आफ्नो कोर्स सुरु गरिसकेका विद्यार्थीहरू १२ महिनाकोअवधि पूरा गरिसकेको अवस्थामा नयाँ नियमबाट प्रभावित नहुने सम्भावना छ।त्यस्तै, नयाँ विद्यार्थीका लागि १२ महिनाको अवधि उनीहरूको प्रिन्सिपल कोर्स सुरु भएको मितिदेखि गणना हुने उल्लेख गरिएको छ।