काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।बुधबार पनि सुनको यही मूल्य कायम थियो। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ४ सय ६० रुपैयाँ निर्धारण गरिएको छ।चाँदीको मूल्यसमेत स्थिर छ। महासंघका अनुसार बुधबार प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार पनि सोही दरमा कायम रहेको छ।यससँगै लगातार दोस्रो दिन नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै उतारचढाव देखिएको छैन।