काठमाडौं । साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ९.६२ अंकले घटेको छ। बजारमा आएको गिरावटसँगै नेप्से परिसूचक २ हजार ६०३ अंकमा झरेर कारोबार बन्द भएको हो।
कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा कमी देखिएको छ। सोमबार ५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम घटेर ४ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ। मंगलबार कुल ६९ कम्पनीको सेयर मूल्य बढ्दा १९९ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन। समूहगत कारोबारमा व्यापार उपसमूहमा सबैभन्दा ठूलो गिरावट देखियो। व्यापार समूह १.८७ प्रतिशतले घटेको छ। त्यस्तै बैंकिङ ०.१३, विकास बैंक ०.४५, वित्त ०.३२, होटल तथा पर्यटन ०.६५, जलविद्युत् ०.५२, लगानी ०.२२, जीवन बीमा ०.३७, उत्पादन तथा प्रशोधन ०.५० र लघुवित्त समूह ०.५५ प्रतिशतले घटेका छन्।
यता निर्जीवन बीमा समूह ०.११ प्रतिशत र अन्य समूह ०.१२ प्रतिशतले बढेका छन्। मंगलबार सयपत्री हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ६.७९ प्रतिशतले बढेको छ। सर्वोत्तम पेन्ट्स ६.२९, हाथवे इन्भेस्टमेन्ट कम्पनी ३.४६ र मेन्छियाम हाइड्रोपावरको मूल्य ३.४० प्रतिशतले बढेको छ। गिरावट आउने कम्पनीतर्फ धौलागिरि लघुवित्तको सेयर मूल्य ४.२३ प्रतिशतले घटेको छ। त्यस्तै एपोलो हाइड्रोपावर ४.१४, शिखर पावर ४.०८, मान्डु हाइड्रोपावर ३.७२ र कालिञ्चोक दर्शनको सेयर मूल्य ३.०१ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा मंगलबार हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, सिद्धार्थ बैंक, गरिमा विकास बैंक, हाथवे इन्भेस्टमेन्ट कम्पनी, रिलायन्स स्पिनिङ मिल्स र माउन्टेन इनर्जी अगाडि रहे।