काठमाडौं ।सेयर बजारमा लगातार दोस्रो कारोबार दिन पनि गिरावट देखिएको छ।
सोमबारदेखि सुरु भएको बजारको ओरालो यात्रा मंगलबार पनि रोकिएन। यस दिन नेप्से परिसूचक ९ दशमलव ६२ अंकले घटेर २ हजार ६०३ दशमलव ७१ विन्दुमा बन्द भएको छ।मंगलबार कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा घटेको छ। कुल ३ सय ६३ वटा कम्पनीको ५१ हजार २ सय ७४ पटक कारोबार हुँदा १ करोड १० लाख ६९ हजार कित्ता सेयर किनबेच भएका छन्। दिनभरमा ४ अर्ब ६५ करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। सोमबार भने कारोबार रकम ५ अर्ब ३८ करोड रुपैयाँभन्दा माथि थियो।
नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स १ दशमलव ०१ अंक, फ्लोट इन्डेक्स शून्य दशमलव ६१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४३ अंकले घटेका छन्।मंगलबार कारोबार भएका १३ उपसमूहमध्ये ११ वटा घट्दा दुई उपसमूह मात्रै उकालो लागे। निर्जीवन बीमा र ‘अन्य’ समूह सामान्य बढे भने व्यापार उपसमूह सबैभन्दा बढी दबाबमा रह्यो। यसको सूचक १ दशमलव ८७ प्रतिशतले घटेको छ।
जलविद्युत्, विकास बैंक, बैंकिङ, वित्त, लघुवित्त, उत्पादन तथा प्रशोधन, जीवन बीमा, लगानी र म्युचुअल फन्डलगायतका समूहमा समेत गिरावट आएको छ।मूल्य बढ्ने कम्पनीतर्फ १२ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर २०८३ अगाडि रह्यो। यसको मूल्य ९ दशमलव १८ प्रतिशत बढेको छ। सयपत्री हाइड्रोपावरको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी उकालो लाग्दा ७ प्रतिशत नेपाल एसबीआई बैंक डिबेञ्चर २०९० को मूल्य पनि करिब साढे ६ प्रतिशत बढेको छ।
यता सिटिजन्स सुपर ३० म्युचुअल फन्डको इकाइमूल्य ५ दशमलव ४४ प्रतिशतले घटेको छ।कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी सबैभन्दा अगाडि रह्यो। कम्पनीको करिब २२ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। शिवम् सिमेन्ट्सको १७ करोड रुपैयाँभन्दा बढी र सिद्धार्थ बैंकको १६ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भयो।लगातार दुई दिन बजार घटेसँगै नेप्से २ हजार ६ सय विन्दुको आसपास पुगेको छ। मंगलबार कारोबार रकमसमेत घटेकाले अघिल्लो दिनको तुलनामा बजारमा किनबेचको सक्रियता केही कमजोर देखिएको छ।