काठमाडौं।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ ‘क’ बाट एरोनोटिकल इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।
इटनीले ‘पेशागत विषयविज्ञ’तर्फको प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी दिएका थिए। उक्त पदमा अन्य उम्मेदवारी नपरेपछि उनी निर्विरोध चयन भएका हुन्।कांग्रेसको महाधिवेशन प्रक्रियाअन्तर्गत विभिन्न तहमा प्रतिनिधि छनोट भइरहेका बेला धादिङ–२ ‘क’ बाट इटनीको निर्विरोध चयन भएको हो।