काठमाडौं।नेपाली बजारमा मंगलबार सुनको भाउमा उल्लेख्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको हो।मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँ थियो।महासंघका अनुसार मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ५५ रुपैयाँ निर्धारण गरिएको छ।यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। चाँदी प्रतितोला १ सय १५ रुपैयाँ घटेर ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भएको थियो।