काठमाडौं ।नेपाली बजारमा सोमबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ घटेको हो।महासंघको नयाँ मूल्यसूचीअनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य २ लाख ९९ हजार ३०० रुपैयाँ थियो।दश ग्राम सुनको मूल्य पनि घटेर २ लाख ५२ हजार ३१५ रुपैयाँमा झरेको छ। आइतबार १० ग्राम सुन २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।सुनसँगै चाँदीको मूल्यमा समेत गिरावट आएको छ। आइतबार प्रतितोला ४ हजार ६५५ रुपैयाँ रहेको चाँदी सोमबार १४५ रुपैयाँ घटेर ४ हजार ५१० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।त्यस्तै, १० ग्राम चाँदीको मूल्य सोमबार ३ हजार ८६७ रुपैयाँ तोकिएको छ। अघिल्लो दिन १० ग्राम चाँदीको मूल्य ३ हजार ९९० रुपैयाँ ५० पैसा थियो।