काठमाडौं ।क्यानडाको क्युबेक प्रान्तमा हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
दुर्घटना सेन्ट–ब्रिजिड–ड’इबर्भिल क्षेत्रमा शनिबार दिउँसो भएको हो।मोन्ट्रियलबाट करिब ५५ किलोमिटर दक्षिणपूर्वमा रहेको उक्त क्षेत्रमा दिउँसो करिब २ः३० बजे दुर्घटना भएको जानकारी प्रहरीले प्राप्त गरेको थियो।दुर्घटनापछि हेलिकोप्टरमा आगलागी भएको थियो। घटनास्थलमा पुगेका उद्धारकर्मीले करिब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए। हेलिकोप्टरमा रहेका चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।प्रारम्भिक विवरणअनुसार उडान भरेको केही समयपछि हेलिकोप्टरमा प्राविधिक समस्या देखिएको थियो। त्यसपछि दुर्घटना भएको बताइएको छ।दुर्घटनामा परेको हेलिकोप्टरको स्वामित्व, उडानको गन्तव्य तथा मृतकहरूको पहिचानबारे प्रहरीले तत्काल विस्तृत जानकारी सार्वजनिक गरेको छैन।घटनाको कारण पत्ता लगाउन क्यानडाको यातायात सुरक्षा बोर्डले अनुसन्धान टोली परिचालन गरेको छ।