काठमाडौं ।कास्की–१ क्षेत्रीय सभापतिका उम्मेदवार सरोज केसीले आफू नेपाली कांग्रेसलाई जनतासँग अझ नजिक जोड्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्।
केसीले कांग्रेसलाई जनताको भावना, आवश्यकता र अपेक्षासँग जोड्दै संगठनलाई थप सक्रिय बनाउने आफ्नो उद्देश्य रहेको बताए। उनले नेता गगन थापाले अघि सारेको राजनीतिक सोच र कार्यशैलीबाट प्रभावित भएर सोही ‘स्पिरिट’का साथ काम गर्ने उद्देश्यले उम्मेदवारी दिएको उल्लेख गरे। “म कांग्रेसलाई जनतासँग जोड्न आएको हुँ। गगन थापाको स्पिरिटसँग काम गर्न उम्मेदवारी दिएको हुँ,” केसीले भने।
उनले पार्टी संगठनलाई तल्लो तहसम्म थप मजबुत बनाउँदै कार्यकर्ता र आम नागरिकबीचको सम्बन्धलाई प्रभावकारी बनाउन आफूले भूमिका खेल्ने बताए। केसीले क्षेत्रीय सभापतिको जिम्मेवारी पाएमा संगठन विस्तार, कार्यकर्ताको सक्रियता र जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्ने बताएका छन्।