काठमाडौं ।आईको शक्ति बढ्दै गएपछि यसको सुरक्षालाई लिएर विश्वमै बहस सुरु भएको छ।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकमा एआईको विकाससँगै आउन सक्ने जोखिम र त्यसलाई नियन्त्रण गर्ने उपायबारे छलफल भएको हो।बैठकमा एन्थ्रोपिकका प्रमुख डारियो अमोदेईले एआईको गलत प्रयोगबाट जैविक हतियार निर्माणजस्ता जोखिम आउन सक्ने चेतावनी दिए। उनले यस्ता खतरा रोक्न अन्तर्राष्ट्रिय सहमति र एआई प्रणालीको नियमित परीक्षण आवश्यक रहेको बताए।ओपनएआईका प्रमुख साम अल्टम्यानले पनि एआईको क्षमता तीव्र रूपमा बढिरहेकाले मानिसको नियन्त्रण कमजोर हुन सक्ने जोखिमप्रति ध्यान दिनुपर्ने बताए।
बेलायतले एआईको सुरक्षित विकासका लागि अन्तर्राष्ट्रिय मापदण्ड बनाउनुपर्नेमा जोड दिएको छ। तर अमेरिका र चीनले भने एआई विकासमा कति नियन्त्रण आवश्यक छ भन्ने विषयमा फरक धारणा राखेका छन्।बैठकमा स्वचालित हतियार र मानिसको जीवनसँग सम्बन्धित निर्णय एआईले गर्न सक्ने सम्भावनाबारे पनि चिन्ता व्यक्त गरिएको थियो।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धमा एआईको प्रयोग बढे पनि अन्तिम निर्णय भने मानिसकै नियन्त्रणमा रहनुपर्ने बताएका छन्।एआईको विकाससँगै अब विश्वसामु यसको सुरक्षा, नियन्त्रण र जिम्मेवारीको विषय झन् ठूलो चुनौती बनेको छ।