काठमाडौं ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्ने क्रममा नेपालसहित विभिन्न देशका नागरिक रुसी सेनासँग जोडिएको दाबी गरेका छन्।
न्यूयोर्कमा बुधबार भएको महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका नागरिक प्रयोग गरिरहेको दाबी गरेका हुन्। उनले उल्लेख गरेका देशहरूको सूचीमा नेपाल पनि परेको छ।जेलेन्स्कीले सम्बन्धित देशका सरकारलाई आफ्ना नागरिकलाई रुसी सेनामा पुग्नबाट रोक्न र उनीहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्न आग्रह गरेका छन्।
उनले युद्धका क्रममा विभिन्न देशका नागरिक युक्रेनमा युद्धबन्दीका रूपमा भेटिएको दाबी गर्दै केही विदेशी नागरिक प्रलोभन वा अन्य माध्यमबाट रुस पुगेको बताएका छन्।यद्यपि, जेलेन्स्कीले नेपालबाट कति नागरिक रुसी सेनामा पुगेका छन्, उनीहरू कसरी रुस पुगे वा कति जना युद्धमा मारिए भन्नेबारे आफ्नो सम्बोधनमा कुनै निश्चित तथ्यांक प्रस्तुत गरेका छैनन्।