काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनबाट सभापतिसहित पालिका कार्यसमितिको नयाँ नेतृत्व चयन गरिएको छ।जिल्लामा रहेका १३ स्थानीय तहमध्ये खानीखोला गाउँपालिकाबाहेक अन्य १२ पालिकामा बुधबार अधिवेशन सम्पन्न भएको कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति दिनेश लामाले जानकारी दिएका छन्।अधिवेशनबाट मण्डनदेउपुरमा रामहरि सापकोटा, पाँचखालमा सञ्जय तामाङ, भुम्लुमा मञ्जु शाह ठकुरी, धुलिखेलमा विदुर बस्नेत र पनौतीमा रुपक महत सभापतिमा निर्वाचित भएका छन्।
त्यस्तै चौरीदेउरालीमा राजेश गौतम, तेमालमा बिकुलाल तामाङ, बेथानचोकमा डिगमान तामाङ, रोशीमा दिल दोर्जे लामा, बनेपामा रामराज जोशी, महाभारतमा सागर मोक्तान तथा नमोबुद्धमा कृष्ण लामा सभापतिमा चयन भएका छन्।