काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सिनेटर मोहम्मद इसहाक डारबीच संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा भएको भेटमा नेपाल र पाकिस्तानबीचको आपसी सम्बन्ध तथा सहकार्यका विषयमा छलफल भएको हो।वार्ताका क्रममा दुवै पक्षले दुई देशबीच रहँदै आएको मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा विचार आदानप्रदान गरेका छन्। साथै, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०, संयुक्त राष्ट्रसङ्घलगायतका द्विपक्षीय तथा बहुपक्षीय मञ्चमा आपसी हितका विषयमा सहकार्यलाई अझ प्रभावकारी बनाउनेमा जोड दिइएको छ।