काठमाडौं ।धादिङमा नेपाली कांग्रेसको वडा अधिवेशनबाट २१ वर्षीय युवा नवीन राज ढुंगाना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्।
नीलकण्ठ नगरपालिका–५ का ढुंगाना विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका छन्। कांग्रेसमा युवा पुस्ताको सहभागिता बढाउने विषयमा बहस भइरहेका बेला उनको क्षेत्रीय प्रतिनिधिका रूपमा भएको चयनलाई युवा सहभागितासँग जोडेर हेरिएको छ।धादिङका अधिकांश वडामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भइसकेको छ। ढुंगाना पनि सोही अधिवेशन प्रक्रियाबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन्।२१ वर्षको उमेरमै पार्टीको क्षेत्रीय प्रतिनिधिको जिम्मेवारीमा पुगेका ढुंगानाको चयनले कांग्रेसको स्थानीय संगठनमा युवा पुस्ताको उपस्थितिलाई थप चर्चामा ल्याएको छ।