काठमाडौं ।बोलिभियाको घना जंगलमा वर्षौँदेखि लुकेको एउटा रहस्यमय बिरालोबारे वैज्ञानिकहरूले ठूलो खोज गरेका छन्।
हेर्दा सामान्य बिरालोजस्तै देखिने यो जनावर वास्तवमा विश्वकै नयाँ जंगली बिरालो प्रजाति भएको पुष्टि भएको छ।शरीरमा चितुवाजस्तै धब्बा र धर्सा भएको यो सानो बिरालोलाई यसअघि अन्य जंगली बिरालोसँगै राखिएको थियो। तर वैज्ञानिकहरूले डीएनए परीक्षण गरेपछि यसको पहिचान नै बदलियो।
यसको नाम राखिएको छ र यसलाई ‘टिग्रिनो’ उपनाम दिइएको छ।रोचक कुरा त के भने, अहिलेसम्म यो प्रजातिको एउटा मात्र जीवित सदस्य पुष्टि भएको छ। १० वर्षको यही बिरालोलाई एक स्थानीय व्यक्तिले जंगलमा भेटेर घरपालुवा बिरालो ठानेका थिए।तर वैज्ञानिकहरूको अनुसन्धानले अर्को ठूलो रहस्य पनि खोल्यो यसअघि तीन प्रजाति मानिएको टाइगर क्याट समूहमा पाँच प्रजाति हुन सक्ने देखिएको छ।वैज्ञानिकहरू भन्छन्, यो खोजले अझै पनि पृथ्वीका जंगलमा मानिसले नचिनेका कति जीव लुकेका छन् भन्ने प्रश्न फेरि उठाएको छ।