काठमाडौं ।यमनमा हुथी समूहको आक्रमणपछि १ लाख २५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।
आक्रमणका कारण ठूलो संख्यामा मानिस आफ्नो घर तथा बस्ती छाडेर सुरक्षित स्थानतर्फ जान बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।लगातारको हिंसा र असुरक्षाका कारण प्रभावित क्षेत्रमा मानवीय संकट थप गहिरिँदै गएको बताइएको छ। विस्थापित भएका मानिसलाई सुरक्षित आश्रय, खाद्यान्न तथा अन्य आधारभूत मानवीय सहायता आवश्यक परेको जनाइएको छ।यमनमा लामो समयदेखि जारी द्वन्द्वका कारण सर्वसाधारण प्रभावित हुँदै आएका छन्। पछिल्लो आक्रमणपछि विस्थापितको संख्या थप बढेको हो।