काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालका बाढी तथा पहिरो प्रभावित नागरिकका लागि ८३ टन राहत सामग्री पठाएको छ।
यूएई एड एजेन्सीमार्फत पठाइएको राहत सामग्रीमा खाद्यान्न, आश्रयका लागि आवश्यक सामग्री तथा अन्य मानवीय सहायता समावेश छन्। बाढी र पहिरोबाट प्रभावित तथा विस्थापित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले उक्त राहत सामग्री नेपाल पठाइएको हो।