काठमाडौं । भारतको उत्तराखण्डमा लगातारको वर्षापछि घर भत्किँदा कालिकोटका दुई नेपालीको ज्यान गएको छ।
नरहरिनाथ गाउँपालिका–९ का ३५ वर्षीय चक्र दर्जी र ३४ वर्षीय डिल्ली दर्जीको घरमा पुरिएर मृत्यु भएको हो। उनीहरू रोजगारीका लागि अल्मोडा पुगेका थिए।वडाध्यक्ष प्रदीप बोहोराका अनुसार राति सुतिरहेका बेला वर्षाका कारण कमजोर कच्ची घर अचानक भत्किँदा दुवै जना त्यसमा पुरिएका थिए।मृतक दुवै जनाको परिवार आर्थिक रूपमा कमजोर रहेको र उनीहरूका साना छोराछोरी रहेको जनाइएको छ। चक्रका तीन छोरा तथा डिल्लीका एक छोरा र दुई छोरी छन्।मृतकको शव नेपाल ल्याएर अन्त्येष्टि गर्न चाहेको छ। त्यसका लागि स्थानीय वडा र गाउँपालिकाले सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।