काठमाडौं ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को संसदीय दलको बैठक लामो समयसम्म चल्दा बुधबार प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ।
दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन सकेन।सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा पार्टी सभापति रवि लामिछानेले सांसद तथा मन्त्रीहरूसँग संसदीय मर्यादा, भूमिका र सदनमा प्रस्तुत हुने शैलीबारे छलफल गरिरहेका छन्। बैठकमा रास्वपा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह भने सहभागी नभएको बताइएको छ।रास्वपाको संसदीय दलको बैठक जारी रहेकाले उसका सांसदहरू सदनमा समयमा पुग्न नसकेपछि प्रतिनिधिसभाको बैठक प्रभावित भएको हो।
बुधबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा : स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष दशौँ संशोधन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो।त्यस्तै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम निषेध तथा नियमित गर्ने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो।संसद् बैठकमा सांसदहरूको उपस्थिति प्रभावकारी बनाउन रास्वपा संसदीय दलले केही दिनअघि नै नयाँ व्यवस्था लागू गरेको थियो। निर्धारित समयमा संसद्मा उपस्थित हुन नसक्ने सांसदले गुगल फर्ममार्फत अनुपस्थितिको कारण र आवश्यक प्रमाणसमेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
बैठक सुरु भएको समयभन्दा आधा घण्टा ढिलो उपस्थित हुने सांसदले समेत उक्त फर्म भर्नुपर्ने व्यवस्था गरिएको रास्वपा नेताहरूले बताएका छन्।यसको उद्देश्य सांसदको उपस्थितिलाई केवल हाजिरीका रूपमा नभई जिम्मेवारी र जवाफदेहितासँग जोड्नु रहेको बताइएको छ। बैठकमा अनुपस्थित हुनेदेखि उपस्थित भएर बीचमै बाहिरिने सांसदसम्मको विवरण व्यवस्थित रूपमा राख्ने रास्वपाको तयारी छ।यसअघि साउन २६ गते प्रतिनिधिसभाको बैठकमा गणपूरक संख्या नपुग्दा बैठक स्थगित भएको थियो। त्यसक्रममा खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावसमेत निर्णयार्थ अघि बढ्न सकेको थिएन।
प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद रहेको उल्लेख गर्दै सत्ता पक्षका सांसदहरूको उपस्थिति सदन सञ्चालनका लागि महत्वपूर्ण हुने बताइएको छ।यही पृष्ठभूमिमा रास्वपाले आफ्ना सांसदलाई सदनमा नियमित र जिम्मेवार उपस्थित गराउन आन्तरिक निगरानी तथा जवाफदेहिताको व्यवस्था कडाइ गर्न थालेको हो।तर बुधबार भने सांसदलाई समयमा संसद् पुग्न निर्देशन दिने दलकै बैठक लामो हुँदा उक्त निर्देशन आफैँ प्रभावित भएको देखिएको छ। निर्धारित समयभन्दा ढिला सदनमा पुगेका रास्वपाका सांसदहरूले पार्टीको नियमअनुसार अनुपस्थितिको कारणसहित गुगल फर्म भर्नुपर्ने अवस्था बनेको छ।
दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन सकेन।सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा पार्टी सभापति रवि लामिछानेले सांसद तथा मन्त्रीहरूसँग संसदीय मर्यादा, भूमिका र सदनमा प्रस्तुत हुने शैलीबारे छलफल गरिरहेका छन्। बैठकमा रास्वपा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह भने सहभागी नभएको बताइएको छ।रास्वपाको संसदीय दलको बैठक जारी रहेकाले उसका सांसदहरू सदनमा समयमा पुग्न नसकेपछि प्रतिनिधिसभाको बैठक प्रभावित भएको हो।
बुधबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष दशौँ संशोधन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो।त्यस्तै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम निषेध तथा नियमित गर्ने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो।संसद् बैठकमा सांसदहरूको उपस्थिति प्रभावकारी बनाउन रास्वपा संसदीय दलले केही दिनअघि नै नयाँ व्यवस्था लागू गरेको थियो। निर्धारित समयमा संसद्मा उपस्थित हुन नसक्ने सांसदले गुगल फर्ममार्फत अनुपस्थितिको कारण र आवश्यक प्रमाणसमेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।