पोर्चुगल । विश्व साइकल यात्री तथा नेपालका प्रेरणादायी व्यक्तित्व पुष्कर शाहको साहसिक साइकल यात्रामा आधारित डकुमेन्ट्री‘जिरो टु ८८४८’को विशेष प्रदर्शन पोर्चुगलमा अगस्ट २३ मा हुने भएको छ ।
अगस्ट २३, आइतबार दिउँसो २ बजेदेखि‘जिरो टु ८८४८’ डकुमेन्ट्री प्रदर्शन गरिने भएको हो । कार्यक्रममा स्वयं पुष्कर शाहको सहभागिता रहने छ । पोर्चुगलकोटोरेस भेद्रासस्थितएसियन फ्युजन रेस्टुरेन्ट एन्ड बारमा आयोजना हुने कार्यक्रममा सबैलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
नेपाललाई विश्वमाझ चिनाउने उद्देश्यसहित गरिएको पुष्कर शाहको लामो साइकल यात्रालाई समेटिएको उक्त डकुमेन्ट्रीले उनको संघर्ष, साहस, यात्रा र नेपालप्रतिको प्रेमलाई प्रस्तुत गर्नेछ । डकुमेन्ट्रीको निर्माणमा प्रेम बानियाँ, निरञ्जन पाण्डे, बलराम बुढाथोकी र श्रीराम वाग्लेको समेत सहभागिता रहेको छ ।
कार्यक्रममा सहभागी हुँदै पुष्कर शाहसँगै डकुमेन्ट्री हेर्न र उनको प्रेरणादायी यात्रालाई नजिकबाट बुझ्न आयोजकले सबैलाई निमन्त्रणा गरेको छ ।