क्यानडा। क्यानडाको भिक्टोरियाबाट टोरन्टोका लागि उड्न लागेको पोर्टर एयरलाइन्सको एउटा उडान अनौठो कारणले रद्द भएको छ।
विमानमा सवार एक सानो बालकले सुरक्षाका लागि अनिवार्य मानिने सिट बेल्ट बाँध्न अस्वीकार गरेपछि अन्ततः पूरा उडान नै स्थगित गर्नुपरेको हो। यो घटनाले हाल हवाई यात्रामा बालबालिकाको सुरक्षा र उनीहरूको व्यवहारलाई लिएर नयाँ बहस सिर्जना गरेको छ।
गत अगस्ट ६ मा भएको यस घटनामा विमान उड्नका लागि तयार भइरहँदा ती बालक आफ्नो सिटमा उभिएका थिए र बेल्ट बाँध्न मानिरहेका थिएनन्।
एयरलाइन्सका अनुसार बालकका अभिभावक र चालक दलका सदस्यहरूले उनलाई फकाउने र सम्झाउने धेरै प्रयास गरे पनि ती सबै प्रयास असफल भएका थिए ।
एयरलाइन्सका अनुसार बालकका अभिभावक र चालक दलका सदस्यहरूले उनलाई फकाउने र सम्झाउने धेरै प्रयास गरे पनि ती सबै प्रयास असफल भएका थिए।
सुरक्षा मापदण्ड अनुसार असुरक्षित अवस्थामा विमान उडाउन नमिल्ने भएपछि चालक दलले जहाजलाई पुनः टर्मिनलमा फर्काउने र ती दुई यात्रुलाई ओराल्ने निर्णय गरेको थियो। यद्यपि, यो ढिलाइका कारण विमानले रनवे बन्द हुनुअघि उडान भर्न सकेन। मध्यरातपछि रनवे बन्द हुने नियमका कारण उक्त उडान पूर्ण रूपमा रद्द भयो र विमानमा सवार सबै यात्रुहरूलाई अर्को दिनको उडानका लागि पुनः बुकिङ गरियो।
एकजना बालकको व्यवहारका कारण सयौं यात्रुले सास्ती भोग्नुपरेपछि यस विषयमा सर्वसाधारणको धारणा विभाजित भएको छ।