बुखारेष्ट । नेपालको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) का सबै मागहरूलाई राज्यका तर्फबाट क्रमशः सम्बोधन गर्दै जाने जिकिर गरेका छन् ।
गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय १७औँ सम्मेलनको सोमबार आयरल्यान्डको डब्लिनमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पराजुलीले एनआरएनएका मागहरूलाई राज्यका तर्फबाट तत्काल सम्बोधन गर्न नसकिएको विषय स्वीकार गर्दै क्रमशः सबै माग पुरा हुने बताएका हुन् । सम्मेलन भोलि ११ अगष्ट सम्म चल्नेछ ।