बुखारेस्ट । रोमानियाको बुखारेस्टमा नवीकरण गरिएका राहदानी धमाधम वितरण गरिरहेको छ ।
नेपाल एम्बेसी अफ बर्लिन, जर्मनीको उपस्थितिमा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, रोमानियाले राहदानी वितरण गरिरहेको हो । नेपाली राजदूतावास, बर्लिनले सञ्चालन गरेको घुम्ती राहदानी नवीकरण शिविरअन्तर्गत नवीकरण गरिएका राहदानीहरू अगष्ट ८ तारिक देखि सुरू भएको उक्त कार्य अगष्ट १२ तारिख सम्म सञ्चालन हुनेछ ।

अझै पनि राहदानी वितरण कार्यक्रम जारी रहेकोले राहदानी बुझ्न जाँदा सेवाग्राहीले पुरानो राहदानी, राहदानी नवीकरण गर्दा प्राप्त आवेदन रसिद आवश्यक परे अन्य परिचय खुल्ने कागजात साथमा लिई राहदानी लिन आग्रह गरिएको छ ।
