काठमाडौं । प्रधानमन्त्री वालेन शाहले सही समय आउन केही समय लाग्न सक्ने भन्दै धैर्य गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत केही समय लागे पनि सही समय आउने र ढिलाइ हुँदैमा गलत नहुने बताएका हुन्। उनले परिस्थितिलाई लिएर नआत्तिनसमेत आग्रह गरेका छन्।
उनले सुनेको र देखेको आधारमा मात्रै वास्तविकता बुझ्न नहुने उल्लेख गर्दै वास्तविकता कहिलेकाहीँ बाहिरबाट देखिएकोभन्दा फरक हुन सक्ने संकेत गरेका छन्।
प्रधानमन्त्री शाहले आफ्नो राजनीतिक यात्रामा कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउने बताएका छन्। ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन,’ भन्दै उनले आफूले सामना गरेका चुनौतीप्रति संकेत गरेका छन्।
रास्वपाबाटै सुरूबालेन सरकारविरुद्ध घेराबन्दी भएपछि यस्तो स्टाटस आएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्नै सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै ग्यास अभाव, कृत्रिम संकट, सुशासन, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।