काठमाडौँ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ । बैठकका निर्णयहरूबारे जानकारी दिँदै शिक्षामन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकले कृषि मन्त्रालयको प्रस्तावमा ‘बिउ विजन (पहिलो संशोधन) नियमावली २०८१’ लाई स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।
यसैगरी, विपद्को समयमा नागरिकको जिउधनको रक्षाका लागि कार्यक्षेत्रमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीहरूको मनोबल उच्च बनाउन सरकारले विशेष निर्णय गरेको छ । अबदेखि विपद् खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरीका कर्मचारीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराइने उनले बताए।
मन्त्रिपरिषद्का मुख्य निर्णयहरू
१. बिउ बिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने
२. विपद् खोज तथा उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने
३. अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक हासिल गर्न सफल खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गरिने
४. नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षमा महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको काम समेत गर्ने गरी कार्यकारी अध्यक्षको पदमा नियुक्त ।
५. अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरू गृह मन्त्रालयले तत्काल कार्यान्वयन गर्ने ।