काठमाडौँ । कालिकोटमा पिठो पिस्न पानीघट्ट गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–६ का लालबहादुर साउद र मन्दिर साउद रहेका छन्।
गाउँपालिका उपाध्यक्ष पार्वती सिंहका अनुसार उनीहरू सोमबार भुवारिपाटा क्षेत्रमा रहेको पानीघट्टमा पिठो पिस्न गएका बेला माथिबाट एक्कासि पहिरो खसेको थियो। पहिरोले पानीघट्टसँगै दुवै जनालाई पुरेको हो। घटनापछि स्थानीयवासी र मेहलमुडी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली उद्धारमा परिचालन भएको थियो। घटनामा दुवै जनाको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।