पोखरा । पोखरामा सर्वसाधारणलाई प्रलोभनमा पारी ठगी धन्दा चलाउँदै आएको एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका वडा नं. २६ कालीकाचोकमा सेतो ढुङ्गाजस्तो टल्किने साधारण पदार्थलाई बहुमूल्य वस्तु भएको भन्दै ठगी गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा पर्वत जिल्लाको फलेवास नगरपालिका वडा न २ स्थायी घर भएका राजन विक, सोही स्थानका रोशनी विक, बाटुली भन्ने खगिसरा कामी, म्याग्दीका दिलबहादुर बुढामगर, दिपक गोतामे, प्रेमचन्द्र बिश्वकर्मालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका व्यक्तिहरू भाडामा बस्दै आएको डेरा (कोठा) तथा उनीहरूको शरीर खानतलासी गर्दा ठगी कार्यमा प्रयोग गरिएका विभिन्न सामग्रीहरू बरामद भएका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट चम्किलो ढुङ्गासहित अन्य वस्तुहरू समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
कालीकाचोक आसपासमा शङ्कास्पद रूपमा बहुमूल्य धातु वा वस्तु भन्दै सर्वसाधारणलाई भ्रममा पारेर रकम असुल्न लागेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका छ जनाविरुद्ध ठगी सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
अगाडि मुगुका गणेश नेपालीले आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए। सोही क्रममा काठमाडौँ महानगरपालिकाको सवारी व्यवस्थापन टोलीबाट खटिएका नगर प्रहरीले उनको मोटरसाइकलमा ‘ह्वील लक’ लगाइदिएका थिए।
त्यसपछि नगर प्रहरी र गणेश नेपालीबीच केही समय भनाभन र विवाद भएको थियो। विवादकै क्रममा आक्रोशित बनेका नेपालीले आफ्नो मोटरसाइकलको ट्याङ्कीबाट पेट्रोल निकालेर आफ्नै शरीरमा खन्याई आगो लगाएका थिए। गम्भीर रूपमा जलेका उनको उपचारका क्रममा निधन भएपछि महानगरको कार्यशैली र व्यवहारलाई लिएर सर्वसाधारण र पीडित परिवारले आक्रोश व्यक्त गर्दै आएका छन्।