बैंकक । थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७ जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री अनुतिन चानविराकुलले दिएको जानकारी अनुसार २७ वटा शव फेला परेका छन् भने घाइतेहरूलाई अस्पताल लगिएको छ ।
गएराति भएको आगलागीमा १८ महिला र ९ पुरुष गरी २७ जनाको मृत्यु भएको हो ।
६० भन्दा बढी व्यक्तिको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । थाई सञ्चारमाध्यम ‘थाइराथ’ का अनुसार कतिपय मानिसहरू अझै बेपत्ता रहेको बीबीसीले जनाएको छ ।
आगो लाग्ने बित्तिकै भवनको पछाडि भागेर शौचालयमा लुक्न खोज्दा धेरैको निसास्सिएर मृत्यु भएको प्रधानमन्त्रीले चानविराकुलले बताएका छन् ।अग्निनियन्त्रकहरूले करिब आधा घण्टामा आगो नियन्त्रणमा लिए पनि ठूलो मानवीय क्षति भएको समाचारमा जनाइएको छ ।
सामाजिक सञ्जाल एक्समा सार्वजनिक भएका भिडियोहरूमा बारबाट आगोको लप्का निस्किएको र मानिसहरू चिच्याउँदै भागिरहेको देखिन्छ।