काठमाडौँ । आज शनिबार पनि देशभर विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार यतिबेला देशभर अधिकांश आकाश बादलले ढाकेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका एकदुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भागनजिक छ।
