काठमाडौं । विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । अमेरिकाले इरानमा नयाँ हवाई आक्रमण गरेर कच्चा तेलको विक्रीमा प्रतिबन्ध लगाएपछि बुधबारको कारोबारमा कच्चा तेलको भाउ झन्डै २ प्रतिशतले बढेको हो ।
पश्चिम एशियामा तनाव चुलिँदै गएपछि तेल आपूर्तिमा पुनः असर पर्न सक्ने चिन्ता बढेको छ ।
स्ट्रेट अफ होर्मुजमा इरानले तीन व्यवसायी जहाजमा आक्रमण गरेपछि अमेरिकाले इरानमाथि व्यापक आक्रमण गरेको थियो ।