काठमाडौं । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आवेदन दिने विद्यार्थी भिसाको शुल्क बढाएको छ।
जुलाई १, २०२६ अर्थात आजदेखि लागू हुने नयाँ व्यवस्थाअनुसार विद्यार्थी भिसाको आवेदन शुल्क २ हजार ५ सय अस्ट्रेलियन डलर कायम गरिएको छ।
यसअघि भन्दा शुल्क वृद्धि भएपछि अस्ट्रेलियामा अध्ययनको योजना बनाइरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू, विशेषगरी नेपाली विद्यार्थीहरू, थप आर्थिक भारमा पर्ने भएका छन्।
अस्ट्रेलिया सरकारले आप्रवासन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तथा विद्यार्थी भिसा प्रणालीलाई व्यवस्थित गर्ने उद्देश्यले शुल्क वृद्धि गरेको जनाएको छ।