काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को आग्रहपछि इरान र इजरायलले एक(अर्कामाथिको आक्रमण अस्थायी रूपमा रोकिएको बताएका छन्।
ट्रम्पले दुवै देशलाई तत्काल युद्धविराम र गोलीबारी रोक्न आग्रह गरेपछि यस्तो घोषणा आएको हो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु ले टेलिभिजन सम्बोधनमार्फत हालका लागि सैन्य कारबाही रोकिएको जानकारी दिएका छन्। इरानी पक्षले पनि इजरायललाई आवश्यक जवाफ दिइसकेपछि तत्कालका लागि आक्रमण स्थगित गरिएको जनाएको छ। तर दुवै देशले तनाव पूर्ण रूपमा अन्त्य नभएको संकेत दिएका छन्। नेतन्याहुले इरान तथा हिजबुल्लाह विरुद्धको संघर्ष अझै समाप्त नभएको बताएका छन्। उता इरानले पनि भविष्यमा कुनै आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। यसबीच ट्रम्पले इरान–इजरायलबीच युद्धविरामको वातावरण बन्दै गएको र स्थिति छिट्टै सामान्य हुने आशा व्यक्त गरेका छन्।