काठमाडौं । न्युजिल्याण्ड सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी तथा स्नातकहरूका लागि नयाँ वर्क भिसा विकल्प घोषणा गरेको छ। यो व्यवस्था १६ नोभेम्बर २०२६ देखि लागू हुने बताइएको छ।
नयाँ व्यवस्था अनुसार पोस्ट स्टडी वर्क भिसा (पीएसडव्लुभी) को लागि योग्य नरहेकाहरूका लागि एनजेटक्यूसीएफ स्तर ५-७ स्नातकहरूका लागि नयाँ ६ महिनाको छोटो अवधिको स्नातक कार्य भिसा (एसजीडव्लुभी) उपलब्ध गराईने जनाएको छ ।
यसका लागि विद्यार्थीले न्युजिल्याण्डमा कम्तीमा २४ हप्ता पूर्णकालीन अध्ययन गरेको हुनुपर्नेछ। अंग्रेजी भाषा, फाउन्डेशन तथा ब्रिजिङ कोर्स भने यसमा समावेश नहुने जनाइएको छ।
त्यस्तै, स्नातक डिप्लोमा गरेका र ब्याचलर डिग्री विद्यार्थीहरूलाई पनि पीएसडव्लुभीको सुविधा विस्तार गरिने र विद्यार्थीले न्युजिल्याण्डमा अध्ययन गरेको अवधिअनुसार अधिकतम १ वर्षसम्म पीएसडव्लुभी प्राप्त गर्न सक्नेछन्।
साथै, सम्बन्धित विद्यार्थी भिसा समाप्त भएको ३ महिनाभित्र मात्र आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
