काठमाडौँ । इजरायलले दक्षिणी लेबनानका ठूलो भू–भागका लागि खाली गर्ने आदेश जारी गरेको छ।
इजरायली सेनाले ती क्षेत्रलाई युद्ध क्षेत्र घोषणा गर्दै हिजबुल्लाहसँग सम्भावित नयाँ आक्रमणअघि नागरिकहरूलाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिएको हो। इजरायल रक्षा बलले झारानी नदी भन्दा उत्तरतर्फ सर्न स्थानीय बासिन्दालाई आग्रह गरेको छ, जुन सीमा क्षेत्रबाट करिब ४० किलोमिटर टाढा पर्छ। क्ष्म्ँ का अनुसार उसले “अत्यन्त शक्तिका साथ कारबाही गर्नेछ र हिजबुल्लाहले युद्धविरामको बारम्बार उल्लंघन गरेको आरोप लगाएको छ।
यो १७ अप्रिलमा लागू भएको युद्धविरामपछि जारी गरिएको सबैभन्दा ठूलो खाली गर्ने आदेश हो, जसले लेबनानको करिब १४ प्रतिशत भू–भाग समेट्छ। यसअघि बुधबार इजरायलले दक्षिणी सहर टायरमा हवाई आक्रमण गरेको थियो। हिजबुल्लाहले भने इजरायलले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आफ्ना लडाकुहरू इजरायली सेनासँग भिडन्तमा संलग्न भएको दाबी गरेको छ। बुधबारको आक्रमण इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले दक्षिणी लेबनानमा तैनाथ इजरायली सेनामाथि हिजबुल्लाहको ड्रोन आक्रमण र उत्तरी इजरायलमा नागरिकहरूलाई लक्षित आक्रमणपछि जमिनमा सैन्य कारबाही विस्तार गर्ने घोषणा गरेपछि भएको हो।