काठमाडौं । अमेरिकाको वासिङ्टन डीसीस्थित राष्ट्रपति निवास 'ह्वाइट हाउस' बाहिर शनिबार साँझ एक संदिग्ध व्यक्तिले सेक्रेट सर्भिसका एजेन्टहरूमाथि गोली प्रहार गरेका छन्।
सुरक्षाकर्मीको जवाफी कारबाहीमा ती संदिग्ध व्यक्तिको मृत्यु भएको छ।सेक्रेट सर्भिसका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेतिर १७औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु नजिकै एक व्यक्तिले आफ्नो झोलाबाट हतियार निकालेर अचानक गोली चलाउन सुरु गरेका थिए।
एजेन्टहरूले तुरुन्तै जवाफी कारबाही गर्दा गोली लागेर ती संदिग्ध घाइते भएका थिए। उनलाई तत्काल अस्पताल लगिएकोमा चिकित्सकहरूले मृत घोषित गरे।