काठमाडौं । पूर्वी चीन सागरमा बुधबार बिहान ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनएससी)का अनुसार भूकम्पको केन्द्रविन्दु २७.५२३ डिग्री उत्तरी अक्षांश र १२८.४१८ डिग्री पूर्वी देशान्तरमा रहेको थियो ।
भूकम्पको केन्द्रको गहिराई ३३ किलोमिटर मापन गरिएको छ । भूकम्पको केन्द्रविन्दु जापानको नागासाकी सहरबाट करिब ५९७ किलोमिटर दक्षिण–दक्षिण–पश्चिम दिशामा पूर्वी चीन सागर क्षेत्रमा रहेको छ ।
नेपाली समयअनुसार बिहान ८ बजेर एक मिनेट जाँदा भूकम्प गएको हो । हालसम्म धनजनको क्षतिको सूचना प्राप्त भएको छैन ।